मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्बन्ध विच्छेदपछि पनि पूर्वपत्नीसँग घुमफिरमा छन् अभिनेता आमिर

काठमाडौं – छोरीको विवाहको तामझाम सकेर बलिउड अभिनेता आमिर खान पूर्वपत्नीसँग घुमफिरमा निस्किएका छन् । श्रीमती किरण राव र छोरा आजादसँगै उनी घुम्न निस्किएका हुन् । किरण आमिरकी दोस्रो पत्नी हुन्, जोसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।

यद्यपि उनीहरु पारिवारिक जमघट र कतिपय कार्यक्रममा उत्तिकै सौहार्द्धपूर्ण ढंगले प्रस्तुत हुँदै आएका छन्, जति सम्बन्ध विच्छेदअघि हुन्थे । यसपालि घुमफिरको तस्वीर किरणले आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् ।

सेयर गरिएका तस्वीरहरुमध्ये एकमा किरण, आमिर र आजाद मुस्कुराउँदै पोज दिएको देख्न सकिन्छ । किरणले लेखेकी छन्, ‘रोड ट्रिप विद सुन्दरी’ । तस्वीरहरुमा हस्की जातको कुकुर, छोराको केही एकल तस्वीर पनि देखिन्थ्यो ।

विवाहको ६ वर्षपछि किरण राव र आमिरले आफूहरुबीच सम्बन्ध विच्छेद भएको सार्वजनिक रुपमा जानकारी गराएका थिए । सम्बन्ध विच्छेद भएपनि उनीहरुले एकअर्कालाई आरोप९प्रत्यारोप भने लगाएनन्, बरु व्यावसायिक साझेदार रहने जनाएका थिए । हुन पनि सम्बन्ध विच्छेदपछि उनीहरु विभिन्न कार्यक्रममा एकसाथ देखिंदै आएका छन् ।

हालै आमिरकी पहिलो श्रीमतीतर्फकी छोरी इरा खानको विवाह निकै भव्य रुपमा भएको थियो । त्यस विवाहमा आमिरका दुवै श्रीमती उत्तिकै सौहार्द्धपूर्वक सहभागी भएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?