मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौं – आइसिसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आज भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई सय ३८ रनमा सीमित भयो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । एक सय चार बल खेलेका उनले १२ चौका प्रहार गरे । साथै कप्तान देव खनालले ३६, सुभाष भण्डारीले ३३ र तिलक भण्डारी १७ रनको योगदान दिए ।

न्युजिल्यान्डका लागि मेसन क्लार्कले तीन विकेट लिए भने एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले समान दुईरदुई विकेट लिए । म्याट रो र ज्याक कमिङ्गले समान एकरएक विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट क्षतिमा तीन सय दुई रनको बलियो योगफल बनाएको थियो । न्युजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि राम्रो साझेदारी गरेको न्युजिल्याण्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे । कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक रएक विकेट लिए । नेपालले अब बुधबार पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?