मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपमा पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।

पुलिस क्लबले दिएको १४१ रनको लक्ष्य पछाएको आर्मीले ३२.२ ओभरमा अलआऔत हुदै १२७ रन मात्र बनाएको थियो ।मौसम खराब हुदा यो खेल ३३-३३ ओभर मात्र खेलाइएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३१.४ ओभरमा अलआउट हुदै १४० रन बनाएको थियो ।

जारी प्रतियोगितामा यो नेपाल पुलिसको तेस्रो जित हो । ३ खेलमा ६ अंकसहित पुलिस क्लब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै त्रिभुवन आर्मीको भने ४ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

अब पुलिस क्लबले अर्को खेल सोमबार नै भैरहवामा एपीएफविरुद्ध खेल्ने छ भने त्रिभुवन आर्मी क्लबले मंगलबार एपीएफविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?