मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् छाला चम्किलो बनाउने  खानेकुरा

काठमाडाैँ – हामी सबैलाई आफ्नाे स्वरूप राम्रो भएको मन पर्छ । स्वरूप राम्रो र आकर्षक देखिन शरीरको  छाला सफा र चम्किलो हुन आवश्यक छ ।

हामी विशेषतः अनुहारको छाला चम्किलो बनाउन विभिन्न क्रिम,लोसन र मेडिकल औषधीहरूको प्रयोग गर्छौ । तर हामीले खानपान मा ध्यान दियौ भने पनि हाम्रो छाला स्वस्थ र चम्किलो बन्छ ।

वास्तवमै अनुहारको छाला सफा र चम्किलो भयो भने व्यक्तिमा आत्मविश्वास पनि बढ्छ । मुख्य कुरा हामी स्वस्थ र निरोगी भयौ भने शरीरको छाला पनि सफा र चम्किलो बन्छ । 

यस्ता छन् छाला चम्किलो बनाउने खानेकुरा :

काँक्रो 

काँक्रो पानीले भरिएको खानेकुरा हो जुन छालाको लागि एकदमै स्वस्थकर हुन्छ । यसले तपाईँको छालालाई हाइड्रेटेड र चिसो राख्छ ।

यसले तपाईँको छालालाई विकिरणबाट बचाउँछ । यसले छालालाई चाउरी पर्नबाट बचाउँछ र छालालाई कडा बनाउँछ । साथै छालाका कोशिकाहरूलाई क्षति हुनबाट समेत जोगाउँछ।

गाजर

गाजरमा भिटामिन ए हुन्छ र यसले घाममा परेको छाला, बुढ्यौली छाला र चाउरी पर्नबाट रोक्नका लागि धेरै उपयोगी साबित हुन सक्छ । भिटामिन ए ले तपाईँको छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

टमाटर

टमाटरमा एन्टिअक्सिडेन्ट उच्च हुन्छ र लाइकोपीनले भरिएको हुन्छ। यसले छालालाई राम्रो बनाउन मद्दत गर्न सक्छ । तपाईँले यसलाई आफ्नो आहारमा दैनिक रूपमा समावेश गर्नुपर्छ जसले तपाईँको छाला राम्रो बनाउन मद्दत गर्न सक्छ ।

पालकको साग 

हरियो सागसब्जीमा प्रशस्त मात्रामा पोषक तत्त्व पाइन्छ जसले स्वास्थ्यलाई बढवा दिन्छ। यो तपाईँको छालालाई बचाउन र छालाको चमक बढाउनको लागि धेरै महत्त्वपूर्ण छ।

यसको एन्टिअक्सिडेन्ट गुणले धेरै प्रकारका छालासम्बन्धी समस्याहरूबाट बचाउन उपयोगी हुन्छ।

चुकन्दर 

यदि तपाईँ स्वस्थ र सफा छाला चाहनुहुन्छ भने बैजनी र गाढा गुलाबी रङ्गको तरकारी धेरै लाभदायक साबित हुन सक्छ। यसमा भिटामिन ए, भिटामिन ई, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेसार

हरेक घरको भान्सामा अवश्य हुने बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ । एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीएन्फ्लेमरी गुणले भरिपूर्ण बेसारलाई आयुर्वेदले औषधीय गुणले भरिपूर्ण मानेको छ ।

हामीले दैनिक तरकारीमा त बेसार खाएकै हुन्छौं । यसलाई तातो पानी वा मन तातो दूधसँग पनि खाने गरिन्छ । यसले छालालाई सुन्दर बनाउन निकै मद्दत गर्छ ।

साथै बेसारलाई दूधसँग वा चामलको पिठोसँग मिसाएर अनुहारमा लगाउँदा पनि  छालालाई नरम र उज्यालो बनाउँछ ।

ग्रिन टी

सामान्यतया ग्रिन टीलाई वजन घटाउने पिय पदार्थको रुपमा लिइन्छ । तर यसको नियमित सेवनले छालालाई पनि निकै सुन्दर बनाउँछ । यसले टक्सीन हटाएर भित्र र बाहिर दुवैतर्फबाट शरीरलाई सुन्दर बनाउन मद्दत गर्छ ।

अनार

छालालाई लामो समयसम्म जवान बनाउन अनारको नियमित सेवन गर्नुपर्छ । भिटामिन सी र एंटीअक्सीडेन्टले भरपुर यो फलले शरीरलाई शक्ति प्रदान गर्नुसँगै छालालाई पनि सुन्दर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?