मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

४०० रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौँ– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

योसँगै आइतबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ । 

शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?