मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सितारे जमिन पर’बाट फिल्ममा फकिर्दै आमिर,एकैचोटि दुई फिल्ममा काम गर्दै

काठमाडौँ – फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनयबाट दुरी बनाएका अभिनेता आमिर खान पर्दामा फर्किँदै छन् । 

सन् २०२२ पछि आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’बाट पर्दामा फर्किन लागेका हुन् ।  उनले यो फिल्मको घोषणा गत वर्ष नै गरेका थिए । तर छोरी आइरा खानको विवाह तथा अन्य पारिवारिक काम मै व्यस्त बनेका उनी उनी आगामी महिनाबाट एकै चोटि दुई फिल्म गर्दै छन् । 

उनले यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्ने भारतीय मिडियाहरुले बताएका छन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् भने यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदै छन् ।

यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदै छ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ । आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रुपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदै छन् । यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?