मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बाहिरिँदै छन् चिनियाँ सेयर बजारबाट विदेशी लगानीकर्ता ?

काठमाडौँ – चिनियाँ सेयर बजारबाट विदेशी लगानीकर्ता बाहिरिने क्रम सन् २०२४ मा पनि जारी रहेको छ । 

उनीहरूले सन् २०२२ मा खरिद गरेको ३३ अर्ब डलरको चिनियाँ स्टकमध्ये ९० प्रतिशत त सन् २०२३ को अन्त्यसम्ममा नै बिक्री गरिसकेका थिए । जुन क्रम अहिले पनि जारी छ । 

फाइनान्सियल टाइम्सको गणना अनुसार नयाँ वर्ष अर्थात् सन् २०२४ को हालसम्म करिब ३३ अर्ब युआन चीनको सेयर बजारबाट बाहिर निस्किसकेको छ । जुन ४.६ अर्ब डलर बराबरको रकम हो । त्यस्तै पछिल्लो समय चिनियाँ सेयर बजार घट्दो क्रममा रहेको छ ।

हङकङमा ठूला चिनियाँ कम्पनीहरुकोे प्रदर्शन मापन गर्ने ‘हङ सेङ चाइना इन्टरप्राइजेज इन्डेक्स’ गत वर्ष १४ प्रतिशतले ले घटेकामा यो महिनाको हालसम्म मात्रै करिब ११ प्रतिशत पुगिसकेको छ । 

यता, सांघाई र सेन्जेन स्टक एक्सचेन्जमा सूचीकृत ३०० ठूला कम्पनीको मापन गर्ने ‘सीएसआई ३००’ सूचकाङ्क पनि ५ प्रतिशतले ले घटिसकेको छ ।

चीनमा विदेशी लगानीकर्ता बाहिरिनुको कारण पनि सेयर बजार घट्न नरोकिनु र चिनियाँ सरकारले प्रोत्साहनका प्याकेजहरू ल्याउने सम्भावना नदेख्नु नै हो ।

बजार रिबाउन्ड हुने आशामा रहेका उनीहरु बेइजिङबाट आर्थिक प्रोत्साहन आउँछ भन्ने विश्वास गुमेपछि बाहिरिने क्रम बढेको बताइएको छ ।

जसले चिनियाँ इक्विटीहरुमा बिक्री चाप हालैका दिनमा थप बढेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?