मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा शाखा विस्तार र राम मन्दिर ट्रस्टको खाता खोल्न भारतीय बैङ्कहरूबिच तँछाडमछाड

काठमाडौँ – भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा शाखा विस्तार गर्न र राम मन्दिर ट्रस्टको बैङ्क खाता खोल्न भारतीय बैङ्कहरूबिच तँछाडमछाड सुरु भएको छ ।

मन्दिरको उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा नजिकिँदै गर्दा उनीहरू मन्दिरबाट सिर्जना हुने व्यापारका अवसरहरू हात पार्न लागि परेका हुन् ।

अयोध्यामा लाखौँ भक्तजनहरू आउने भएकाले व्यापारका अवसरहरू र ठूलो परिमाणमा निक्षेप भित्र्याउने प्रतिस्पर्धामा  भारतीय बैङ्कहरू छन्।

यस बिचमा, भारतका स्थानीय बैङ्कहरूले राम मन्दिरको विभिन्न बैङ्क खाताहरूको लागि प्रस्ताव पेस गर्न कोसिस गरिरहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

निकै समय निर्जन भएको अयोध्या अब भारतको एक पर्यटकीय गन्तव्य हुन गइरहेको छ भने उत्तर प्रदेश सरकार त्यसमा लागि परेको छ ।

यही कारण अयोध्या घुमघाम गर्ने  ठूलो जनसङ्ख्यालाई अहिले रहेका बैकहरूले कुशलतापूर्वक सेवा दिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको युपी सरकारको वित्त विभागका विशेष सचिव समीर वर्माले बताएका छन् ।

यसको अर्थ बैकहरू थपियोस् र प्रतिस्पर्धा होस भन्नेमा प्रदेश सरकार नै देखिएको छ । तर त्यसमा पनि ट्रस्टले मन्दिरमा हुने विभिन्न कार्यक्रमहरूको दान र भुक्तानीलाई ध्यानमा राखेर केही थप खाताहरू खोल्ने आशामा बैकहरू देखिन्छन् ।

जसको कारोबार अर्बमा हुने देखिएपछि स्थानीय बैकहरूले ट्रस्टलाई प्रस्ताव समेत पठाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै विश्वभरका १० हजारभन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरू राम मन्दिरको अभिषेक समारोहमा सहभागी हुनेछन् ।

समारोहपछि अयोध्या विश्वका लागि खुला हुनेछ र सहर मानिसहरूको ठूलो भीड आउने अपेक्षा गरिएको छ । होटेलहरू खचाखच हुनेछन् र व्यापार उच्च हुनेछ ।

वित्तीय कारोबार पनि उच्च हुने भएकाले भारतका बैङ्क तथा वित्तीय संस्थाहरू पनि अयोध्यामा शाखा खोल्न हतारिने देखिन्छ ।

राम मन्दिर ट्रस्टको ‘बैङ्क अफ बडोदा’, ‘स्टेट बैङ्क अफ इन्डिया’ र ‘पञ्जाब नेसनल बैङ्क’ गरी तीन वटा पब्लिक सेक्टरका बैंकहरुमा खाताहरू छन् । त्यसमध्ये बैङ्क अफ बडोदामा ट्रस्टको सबैभन्दा ठूलो निक्षेप छ ।

ट्रस्टले यसअघि सार्वजनिक गरेको जानकारी अनुसार सन् २०२३ को मार्च मसान्तसम्ममा कुल बैङ्क निक्षेप करिब ३० अर्ब भारतीय रुपैयाँ रहेको थियो । मन्दिर निर्माणका लागि ट्रस्टले १० अर्ब भारु बढी खर्च गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?