मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राम मन्दिर उद्घाटनमा ‘हिरा’को ज्याकेट लगाएर जाने छन् गायक कैलाश खेर

भारतकाे अयोध्यामा हुन लागेकाे श्रीराम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर आम मानिस मात्रै नभई फिल्मस्टारहरु पनि उत्साहित छन् ।

जनवरी २२ मा हुने यस समारोहमा रणबीर कपूर,अमिताभ बच्चन,आलिया भट्ट,कंगना रनौत,अक्षयकुमार,रणदीप हुडा सहितका कलाकारलाई निमन्त्रणा आएको छ ।

यस समारोहमा प्रसिद्ध गायक कैलाश खेर पनि सहभागी हुने छन् । हालैको एक मिडियासँगको कुराकानीमा उनले सो समारोहमा हिरा जडित ज्याकेट लगाएर जाने खुलासा गरेका छन् ।

उनले भनेका छन् –‘अयोध्यामा हुन लागेको यो समारोहले उत्साहित छु,म त्यहाँ अमेरिकी हिरा जडित ज्याकेट लगाएर जाने छु । ’ 

उनले ज्याकेटमा जय श्रीराम लेखेर डिजाइन गरेको र त्यसैमा हिरा जोडेको समेत बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?