मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने

मुम्बई – बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन् ।

‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन् । उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो । सुशान्त र संजना सांघी स्टारर यो फिल्म कोरोना महामारीको समयमा ओटिटीमा जुलाई २०२० मा रिलिज भएको थियो ।

सन् २०२० जुन १४ मा सुशान्तका निधन भएपछि यो फिल्म जुलाई २०२० मा रिलिज भएका थियो । ओटिटी प्लेटर्फममा यो फिल्मले दर्शक राम्रो पाएको थियो । यो फिल्म जसै डिज्नी प्लस हटस्टारमा रिलिज भयो, त्यो बेला ओटिटी क्र्यास भएको थियो ।

प्लेटफर्मममा दर्शकको संख्या ह्वात्तै बढेपछि यसको रिलिजमा समस्या देखिएको थियो । यो फिल्म जोन ग्रीनका उपन्यास ‘द फल्ट इन आवर स्टार्स’मा आधारित छ ।

निर्देशक छाबडाले ‘दिल बेचारा २’मा कुन कलाकारले अभिनय गर्ने र कथा के हुनेछ भन्ने बारेमा केही मुख खोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?