मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमतीका आशुतोषको कोशीविरुद्ध शतक प्रहार

काठमाडौं- बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । शुक्रबार जारी खेलमा आशुतोषले कोशी प्रदेशविरुद्ध शतक बनाएका हुन् । यो उनको क्यारियरको पहिलो शतक हो ।

यो यस प्रतियोगितामा बनेको पाँचौं शतक हो । यस अघि नेपाल पुलिस क्लबका राशिद खान, त्रिभुवन आर्मी क्लबका बिनोद भण्डारी, एपीएफ क्लबका सन्दीप जोरा र कोशी प्रदेशका सुजन थपलियाले यस प्रतियोगितामा शतक बनाएका छन् । यो समाचार तयार गरुन्जेल बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?