मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी

काठमाडौं – अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट १० विकेटले जितेको छ । टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको २६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि वेस्टइन्डिजले पहिलो इनिंगमा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनंगमा २८३ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले पहिलो इनिंगमा ९५ रनको अग्रता बनाएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगमा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो । यस खेलमा पहिलो इनिंगमा ११८ रनको शतकीय पारी खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितपछि २ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जनवरी २५ देखि शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?