मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन

कास्की – पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा—१४ बाच्छेबडुवामा गोकुल धाम सञ्चालनमा ल्याइएको छ । 

सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गत पुस २६ देखि यही माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र जिन्सी गरी रु ५८ लाख २२ हजार एक सय ८२ जम्मा भएको महायज्ञ आयोजक राष्ट्रिय परोपकार महासङ्घ नेपालले जनाएको छ ।

सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ । हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन् ।

राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत आदि शास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यावहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुल धामको प्रारम्भ गरिएको बताए । 

उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे । आफूहरू गौशाला परिसरमा तीन सय ६५ प्रजातिका डाले घाँसका बिरुवा रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले जानकारी दिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?