मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुन्द्रुकको ‘ब्रान्डिङ’ गर्दै इलामको रोङ गाउँपालिका

इलाम – रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  । 

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । 

रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र ? तर कमलाले अहिले व्यावसायिक रूपमा नै साग खेती गरेकी छिन् । 

उनको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उनलाई साग खेतीमा आकर्षण भएको हो । 

‘चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन । तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो’, उनले सुनाईन । 

गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए ।

गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ ।

 “कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीतभण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो’,स्याङबो भन्छन–, “शीतभण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोेलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।’

गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने भने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताए

पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा  एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?