मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्टेजमै गायक राजेशपायल राईले ब्याक किक हाने !

काठमाडौं – गायक राजेशपायल राईले स्टेजमै ब्याक किक हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैइरहेको छ । मञ्चमा प्रस्तुति दिइरहेको बेला राजेशपायलले अर्का व्यक्तिलाई ब्याक किक हानेर स्टेजबाट धपाएको दृश्य भिडियोमा छ ।

उनले प्रस्तुति दिइरहेको बेला एक व्यक्ति पछाडिबाट आउँछन् र राजेशपायलसँग कानेखुसी गर्न थाल्छन् । राजेशपायलले भने हेर्दै नहेरी ती व्यक्तिलाई लात्तीले हानेको भिडियोमा देख्न सकिन्छ ।

उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा धेरै राजेशपायललाई गाली गरिरहेका छन् । ती भिडियोको कमेन्टमा विभिन्नथरी प्रतिक्रिया आइरहेको छ । कतिपयले राजेशपायलले मादक पदार्थ सेवन गरेको बताएका छन् भने कतिपयले भने नियतवश नभई झुक्किएर लागेको हुनसक्ने भन्दै राजेशपायलको बचाउ गरिरहेका छन् ।

तर उक्त भिडियो कहिलेको हो भन्ने चाहिं खुलेको छैन । कतिपयले उक्त भिडियो अहिले चलिरहेको मेला महोत्सवकै हुनसक्ने धारणा राखिरहेका छन् । राजेशपायलले पछिल्लोपटक ओखलढुंगाको मोलीमा कन्सर्ट गरेका थिए । तर यो घटना यही ठाउँको हो भन्ने केही एकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?