मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियामै नेपालको सेट बनाएर हलिउड फिल्मको छायाङ्कन

काठमाडौँ –यति बेला हलिउड फिल्म ‘आइस रोड २’को अस्ट्रेलियामा नेपालको सेट बनाएर  छायाङ्कन भइरहेको छ ।

भिक्टोरियास्थित १६१ वर्ष पुरानो वालहल्लामा बुधबारदेखि सुरु भएको छायाङ्कनका लागि नक्कली नेपाल बनाउन वालहल्लाको सडकदेखि घर र होटेलसम्मलाई दुरुस्तै नेपालजस्तो बनाइएको छ ।

अभिनेता लियाम नीसन स्टारर फिल्मको कथा नेपालसँग जोडिएकाले वालहल्लालाई नेपाली बजारमा परिणत गरिएको अष्ट्रेलियाको सेभेन न्यूज डटकमले उल्लेख गरेको छ ।

त्यहाँ जम्मा २० वटा घर रहेको जनाइएको छ ।सेटमा  ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान देखिन्छ । अर्को एक फोटोमा दरबाङ फ्रेस हाउस तथा तरकारी पसल भनिएको छ । तर दरबाङ म्याग्दीको गाउँको नाम हो ।

फिल्ममा भने कोदारी भन्दै दरबाङ लेखिएको छ  यो सेटमा २४ जनवरीसम्म फिल्मको छायाङ्कन गरिनेछ ।

आफ्नो भाइको अस्तु सेलाउन सगरमाथाको यात्रामा निस्किएका एक आइस रोड ड्राइभरको कथा भएको यो फिल्ममा नेपालको विशेषगरि अरनिको राजमार्ग र बाह्रबिसे रोडको कथा भन्छ । 

यसबाट लगभग ६ सय बढी भिक्टोरियनलाई रोजगारी र छायांकनबाट त्यहाँको राज्यको अर्थतन्त्रमा ३० मिलियनभन्दा बढी फाइदा हुने जनाइँदा नेपालमा विदेशी फिल्म छायाङ्कनका लागि आकर्षित गर्ने सरकारको योजनालाई यही सेटले गिज्याइरहेको छ ।  

हेर्नुहाेस सेटकाे भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?