मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता रोग भएकाले अण्डा खानु हुँदैन

काठमाडौं – आजभोली धेरै जसो मानिसहरू बिहानको खाजामा अण्डा खान मन पराउँछन्। किनभने अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ।

अण्डा ब्रेकफास्टमा मात्र नभई दिउँसो र बेलुकाको खानामा पनि खान सकिन्छ । अण्डाको सबैभन्दा ठूलो विशेषता यो हो कि यसबाट बनेको रेसिपी एकदमै सजिलो र छिटो तयार हुन्छ। साथै, केही अनुसन्धानमा यो पनि प्रमाणित गरेका छन्, कि केहि रोगहरू छन् जसका बिरामीहरूले भूलवश पनि अण्डा खानु हुँदैन।

कुन रोग भएकाले अण्डा खानु हुँदैन

मुटु रोग

मुटु रोगका बिरामीले भूलेर पनि अण्डा खानु हुँदैन । अण्डा खाँदा रोग बढ्न सक्छ । यसले रक्तसञ्चारमा समस्या निम्त्याउन सक्छ। यो अत्यन्त खतरनाक हुन सक्छ।

पखाला

अण्डाको प्रकृति तातो हुन्छ। यदि कसैको पेट खराब छ भने अण्डा खानु हुँदैन, यसले समस्या बढाउन सक्छ ।

कब्जियत

कब्जियत भएको अवस्थामा अण्डा खानु हुँदैन किनभने यसले पाचन सम्बन्धी समस्या र असुविधा बढाउन सक्छ।

कोलेस्ट्रोल

कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले अण्डा खानु हुँदैन । किन खाँदा यो झन् बढ्छ ।

मधुमेह

मधुमेहका बिरामीले अण्डा खानु हुँदैन । यदि तपाई अण्डा खान मन पराउनुहुन्छ भने एकपटक चिकित्सकको सल्लाह लिनुहोस् ।

क्यान्सरजस्ता रोगबाट बच्न चाहनुहुन्छ भने हरेक दिन अण्डा खानुपर्छ । हार्वर्ड विश्वविद्यालयको अनुसन्धान अनुसार, अण्डा खाँदा वयस्क महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम हुन्छ। हप्तामा ६ वटासम्म अण्डा खाने महिलाहरुलाई स्तन क्यान्सरको जोखिम ४४ प्रतिशतले कम हुन्छ ।

अण्डा जुनसुकै रुपमा पनि खान सकिन्छ, उमालेको अण्डा मात्रै खानु जरुरी छैन । स्वस्थ रहन चाहनुहुन्छ भने अण्डा खानुहोस् । अण्डामा सबैभन्दा पौष्टिक तत्व भनेको अण्डाको पहेँलो हो जसमा ९० प्रतिशतसम्म क्याल्सियम र आइरन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?