मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुर्यले पाँच विकेट लिएपछि आर्मी ९७ रनमा अलआउट


काठमाडौं – त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल आउट गरेको हो ।

बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको हो ।

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?