मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्रामी अवार्डको पहिलो चरणमा यी सेलिब्रेटीले दिने छन् प्रस्तुति

काठमाडौँ –  विश्व सङ्गीतको सर्वोच्च अवार्ड मानिने ग्रामीमा पहिलो चरणमा प्रस्तुति दिने पर्फमरको नाम सार्वजनिक भएको छ ।

आयोजना हुन अब केही साता मात्र बाँकी रहेको ६६ औं संस्करणमा विश्व संगीतका स्टारहरु दुआ लिपा, बिल्ली एलिस र ओलिभिया रोड्रिगोले प्रस्तुति दिने भएका हुन । उनीहरू अघिल्लो संस्करणको ग्रामीका विजेता समेत हुन् ।

आफूलाई प्रमाणित गरिसकेका उनीहरू यो पल्ट पनि  विभिन्न  विधामा मनाेनयनमा परेका छन् । 

जसमध्ये बिली एलिस यसवर्ष कूल ६ वटा विधामा यो वर्षको ग्रामी अवार्डको मनोनयनमा छिन् भने अर्की गायिका ओलिभिया रोड्रिगो पनि ६ वटा विधामै मनोनीत छिन् । 

त्यस्तै दुआ लिपा चाहिँ वर्ष गीत र सङ फर द भिजुअल मिडिया गरी दुई विधामा मनोनीत छिन् ।

ग्रामी अवार्ड ४ फेब्रुअरीमा अमेरिकाको लसएन्जलसमा आयोजना हुँदै छ । यो कार्यक्रमलाई सीबीएस टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने ओटीटी प्लाटफर्म प्यारामाउण्ट प्लसले स्ट्रिमिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?