मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री ट्वीकल खन्नाले गरिन मास्टर्स

काठमाडौँ – ५० वर्षीय बलिउड अभिनेत्री ट्वीकल खन्नाले गरिन मास्टर्स गरेकी छिन् ।

उनले युनिभर्सिटी अफ लन्डनबाट यो उपाधि लिएकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै यो विषयमा जानकारी दिएकी छिन् । 

खन्नाले इन्ष्टाग्राममा भिडियो तथा फोटो शेयर गर्दै लेखेकी छिन् – ‘यो हो ग्र्याजुएसन डे,गोल्डस्मिथमा मेरो पहिलो दिन हिजो वा वर्षौं अघिको जस्तो लाग्छ। घमाइलो दिन, एउटा सुन्दर साडी र मेरो छेउमा मेरो परिवारले यो दिनलाई मैले सोचेको भन्दा बढी उत्तम बनाउँछ । त्यहाँ एक चरण आउँछ जब हामीले आफैलाई अन्य असङ्ख्य तरिकाहरूबाट अघि बढ्नको लागि प्रेरित गर्न पर्छ। सहमत हुनुहुन्छ ? या असहमत ?’

उनलाई बधाई दिँदै श्रीमान् अक्षयकुमारले पनि सामाजिक सञ्जालमा फोटो पोस्ट गरेका छन् । जहाँ दुवै जना खुसी देख्न सकिन्छ । उनले लेखेका छन – ‘दुई वर्षअघि तिमिले मलाई फेरि अध्ययन गर्न चाहनुहुन्छ भनेकी थियौ,मलाई आश्चर्य लागेको थियो कि तपाईँको अर्थ यही थियो ?

उनले थपेका छन् – ‘जुन दिन मैले तिमीलाई घर, करियर, आफ्नो, सन्तानको व्यवस्थापन गर्दै अध्ययन पनि अघि बढाएको देखाए मैले सोचेको थिए कि मैले ‘सुपरवुमन’ सँग बिहे गरेको छु । आज तिम्रो ग्रयाजुएसनमा म यो भन्न चाहन्छु कि मैले अलि पढेको थिए भने शब्द पाउने थिए तिमिले मलाई कति गर्व गरायौ भनेर । टिना धेरै बधाई र मेरो सारा माया ।

ट्वीकलले फिक्सन राईटिङमा मास्टर्स गरेकी हुन । जसको कोर्स २०२३ को अक्टोबरमा सकिएको हो भने दिक्षान्त समारोह हिजो (जनवरी १६) मा भएको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?