मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले बनायो विश्वकै शक्तिशाली ब्याट्री,बिना चार्ज ५० बर्षसम्म चल्ने

काठमाडौँ – चीनको एक स्टार्टअपले विश्वकै शक्तिशाली नयाँ ब्याट्री विकास गरेको छ । जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ ।

बेइजिङस्थित बेटाभोल्ट नामक कम्पनीले बनाएको यो परमाणु ब्याट्रीको आकार समेत एक सिक्काको बराबर रहेको छ । यो ब्याट्री  परीक्षणको पनि सफल भइसकेको छ । 

कम्पनीले परमाणु ऊर्जालाई लघूकरण गर्ने यो संसारको पहिलो ब्याट्री भएको बताइएको छ ।

अर्को पुस्ताको ब्याट्री परीक्षण भइरहेको छ। यो फोन र ड्रोन जस्ता व्यावसायिक उपकरणहरूको लागि ठूलो मात्रामा उत्पादन गरिनेछ।

‘बिटाभोल्ट परमाणु ऊर्जा ब्याट्रीहरूले एयरोस्पेस, एआई उपकरणहरू, चिकित्सा उपकरणहरू, माइक्रोप्रोसेसरहरू, उन्नत सेन्सरहरू, साना ड्रोनहरू र माइक्रो रोबोटहरू लगायतका उपकरणहरूको दीर्घकालीन आवश्यकताहरू पूरा गर्न सक्छन्,’ कम्पनीले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

यस ब्याट्रीको साइज १५X१५X५ मिलिमिटर छ । यसमा डायमण्ड सेमीकण्डक्टरको प्रयोग गरिएको छ । यो ब्याट्रीले ३ भोल्ट पावरबाट १०० माइक्रोवाट ऊर्जा उत्पादन गर्छ ।

सन् २०२५ सम्ममा यस ब्याट्रीको पावर १ वाटमा पुर्‍याउने लक्ष्य राखिएको छ । यसले –६० देखि १२० डिग्री सम्मको तापक्रममा काम गर्न सक्छ ।

यसले वातावरणमा कुनै खतरा छैन न त प्रदूषण नै हुन्छ । कम्पनीले परीक्षण पूरा गरेपछि र आवश्यक सबै अनुमतिहरू प्राप्त गरेपछि ब्याट्री ठूलो मात्रामा उत्पादन गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?