मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बढ्दै छ बाँझोपन ? यस्ता छन् ढिलो सन्तान जन्माउनुका खतरा

पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ। गएको १० देखि १५ वर्ष यताको तथ्याङ्कलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको पाइएको छ।

अहिलेको समयमा महिला आफ्नो पढाइ र करियरमा व्यस्त हुँदा बाँझोपनाको समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशय कम उत्पादन हुने र पछिसम्म धेरै असर गर्ने गाइनोक्लोजिष्ट डा. नूतन शर्मा बताउँछिन् । 

बाँझोपनको समस्या के कारणले गर्दा हुन्छ ?

बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो पछिल्लो समय एकदमै धेरै बढिरहेको छ किनभने महिला आफ्नो भविष्यको चिन्ता गर्न थालेका छन्। 

विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। अहिले २८–३० वर्षपछि मात्र विवाह गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तानको योजना नबनाउने, आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने, गर्भपतन गर्ने जस्ता कुराले पनि गर्भधारणमा समस्या निम्त्याउँछ।

तर पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउनमै जान्थ्यो। प्रत्येक केटी मान्छेले जन्मदेखि नै फिक्स अण्डा लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ।

त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा हुन्छ। पाठेघरमा पनि ट्युमर हुने सम्भावना हुन्छ।

बाँझोपनको समस्या कसरी कम गर्न सकिन्छ ?

यसको लागि समयमा विवाह गर्ने र समयमा नै बच्चा जन्माउने गर्नुपर्दछ। बिजी नै भएर अहिले बच्चा नजन्माउने हो भने २७–२८ वर्षमा नै अन्डा निकालेर फ्रिज गर्नुपर्ने डा.शर्माको सुझाव छ । 

त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। त्यसैले केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?