मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओमोडा ईभी नेपालमा सार्वजनिक गर्ने तयारी,२८ मिनेटमा ८० प्रतिशत चार्ज हुने

काठमाडौँ– ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ई ५’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न  गत डिसेम्बरमा विओमोडाको चीन समुहले लाइभस्ट्रिम कार्यक्रम गरेको थियो ।

बताइए अनुसार यो उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको सो ईभी हो ।

जसमा ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ यसले ५१० किलोमिटर (एनईडीसी) र ४३० किलोमिटर (डब्लुएलटिपी) को दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन दर्शनमा आधारित रहेको ओमोडा ई फाइभ इभि नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ सार्वजनिक हुनेछ । 

सबैभन्दा मुख्य कुरा त ओमोडा ई फाइभ इभीमा २८ मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ ।

यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरूसहितको सुविधा छन् ।

साथै यसमा १७ एडीएएस सुविधाहरू पनि उपलब्ध छन्, जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग रहेका छन् । 

ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गर्दछ । यो गाडीलाई नेपाली भू-भागको सडक अनुकूल बनाइएको एस पि जि अटोमोबाइल्स जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?