मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुप्पी किन राखिन्छ ? के छ यसको महत्त्व

टुप्पीका बारेमा हामी सबैलाई थाहा नै छ । हिन्दु धर्म मान्ने पुरुषहरूले विशेष गरी टुप्पी राख्ने गर्छन् ।

कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा थोरै कपाल राख्नुलाई बोलीचालीको भाषामा टुप्पी भन्ने गरिन्छ । यसैगरी संस्कृत भाषामा टुप्पीलाई शिखा भन्ने गरिन्छ ।

टुप्पीलाई ऋषिमुनिहरूले ‘शिखा’ नाम दिएका छन् । पछिल्लो समय टुप्पी राख्ने चलन बिस्तारै हराउँदै गएको छ । धार्मिक शास्त्रहरूमा टुप्पीलाई निकै महत्व दिइन्छ ।

टुप्पी काट्नुलाई शिर काट्नु बराबर पनि मानिएको छ । स्वास्थ्य विज्ञानअनुसार पनि टुप्पीमा मस्तिष्कको केन्द्र हुन्छ जसले शरीर, बुद्धि र मनोकांक्षा यही ठाउँबाट नियन्त्रित हुन्छन् भनिएको छ ।

शास्त्रअनुसार टुप्पीले ज्ञान शक्तिलाई बढाउन मद्दत गर्छ । जुन ठाउँमा टुप्पी राखिन्छ त्यसको वरपर बुद्धिचक्र, ब्रह्मरन्ध्र र सहस्रदल पथ वा ब्रह्माको अधिष्ठान रहेका हुन्छन् ।

शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान गर्दा शिखा छोएर मात्रै गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?