मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज बजारमा सुनचाँदीको भाउ सामान्य

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?