मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निन्द्रामा घुर्नेहरूका लागि चिनियाँ कम्पनीले ल्यायो स्मार्ट सिरानी

काठमाडौँ – अमेरिकामा जारी सीईएस २०२४ मा एक चिनियाँ कम्पनीले घुराई प्रतिरोधी सिरानी प्रस्तुत गरेको छ । निन्द्रा स्वास्थ्यसँग सम्बन्धित कम्पनी 

डेरुचीले यस्तो स्मार्ट सिरानी ल्याएको हो । जुन पहिलो भएको दाबी कम्पनीको छ । डेरुचीले १२ ओटा नयाँ एआई डस्ना सार्वजनिक गरेको थियो ।

कम्पनीले १७ भन्दा बढी देश तथा विश्वभर क्षेत्रीय रूपमा कस्टम बेडिङ समेत बिक्री गर्दै आएको छ ।

सन् २००४ मा स्थापना भएको यो कम्पनीले आफ्ना उत्पादन बजारमा ल्याउन अन्तर्राष्ट्रिय मेडिकल सङ्घ संस्था र अनुसन्धान संस्थासँग सहकार्य गर्दै आएको छ ।

कसरी काम गर्छ स्मार्ट सिरानीले ?

यो सिरानीले घुरेको थाहा पाउन हलुका किसिमको चाललाई मनिटर गर्छ । घुरेको चाल पाएपछि सिरानीले आफै  अग्लो भागलाई मिलाउँछ र निदाइरहेको व्यक्तिको टाउकाको स्थिति परिवर्तन गरिदिन्छ ।

यो सिरानी एपसँग जोडिएको छ, जसको सहयोगमा निदाउनु अघि आफ्नो टाउको आरामदायी अवस्थामा फर्काउन मिल्छ ।

एउटा आन्तरिक क्लिनिकल अध्ययनलाई उद्धृत गर्दै उक्त कम्पनीले यो सिरानीले घुर्ने समस्या ८९ प्रतिशतले कम गर्ने दाबी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?