मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘म्याउँ’बाट चलचित्रमा फर्किँदै उत्तम प्रधान

काठमाडौँ – १२ वर्षमा खोला पनि फर्किन्छ भने झैँ अभिनेता उत्तम प्रधान १२ वर्षपछि फिल्ममा पुनरागमन गर्दै छन् । 

‘दर्पण छाया’ फेम्ड अभिनेता उत्तम फिल्म ‘म्याउ’ बाट फिल्म फर्किन लागेका हुन । एक समयका चर्चित अभिनेता उत्तमको यसअघि सन् २०१२ मा  ‘इशारा’ प्रदर्शन भएको थियो।

चलचित्र ‘म्याउँ’मा दर्शकले उनको अभिनय देख्न पाउने भएका छन् । उनीसँगै यो सिनेमामा अनुप विक्रम शाही मुख्य भूमिकामा हुनेछन् । 

टेलिसिरियल ‘मुक्ति’ बाट सर्वाधिक चर्चामा आएका उत्तमले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले ‘दर्पण छायाँ’, ‘लहना’, ‘मितिनी’, ‘बसाइँ’ जस्ता चलचित्रमार्फत दर्शकमाझ आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन् । 

सिक्किम चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेर नेपाली कला क्षेत्रको विकास र संवर्द्धनमा योगदान पुर्‍याएका उत्तम कुनै समय हिट अभिनेताका रूपमा नेपाली कला क्षेत्रमा थिए । 

अहिले राजनीतिमा सक्रिय उनको लामो समय पछि फिल्मतर्फ पनि सक्रियता बढेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?