मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्व प्रेमीबाट पैसा लिएपछि कोरियन अभिनेत्री योङ विवादमा

काठमाडौं – फिल्म ‘म्यारी माई हजबेण्ड’ फेम्ड कोरियन अभिनेत्री पार्क मिन योङ विवादमा तानिएकी छन् । कोरियन ट्याबलेट डिस्प्याचले पूर्व प्रेमी काङ जोङ ह्युनबाट पैसा लिएको समाचार प्रकाशन गरेपछि उनी विवादमा तानिएकी हुन् ।

पार्क विश्वव्यापी रुपमा चिनिएकी कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । फिल्म ‘ह्वाट्स रङ विथ सेक्रेटरी किम’मा उनले निभाएको मी–सोको चरित्रले दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् ।

पत्रिकाका अनुसार काङले १ लाख ९० हजार अमेरिकी डलर पार्ककका खातामा पठाएका छन् । काङले यो रकम उनी आबद्ध एक कम्पनीबाट ऋणको रुपमा लिइएको र उक्त रकम पार्कको जीवनयापनका लागि दिइएको समाचारमा उल्लेख छ । काङ उनको कम्पनी र अन्य आबद्ध फर्मबाट ४५ दशमलब ७ मिलियन डलर हिनामिना गरेको आरोपमा मुद्धा झेलिरहेका छन् ।

अभिनेत्री पार्क र काङले केही महिना डेट गरेका थिए । पार्ककी बहिनी काङकै एक फर्मममा काम गर्छिन् ।पार्कको बारेमा समाचार प्रकाशन भएपछि पार्कको एजेन्सीले उक्त समाचारको खण्डन गरेको छ । एजेन्सीले पार्कले गरेको भनिएको आर्थिक कारोबारको हाल सुक्ष्म अध्ययन भइरहेको र त्यसबारे केही प्रमाण नभेटिएको दाबी गरेको छ ।

‘फेब्रुअरी २०२३ मा काङ जोङ ह्युनले अभिनेत्री पार्क मिन योङको बैंक खाता प्रयोग गर्ने गरेका विषयमा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट पार्कले गैर कानूनी काम नगरेको र गैर कानूनी काम गरेर उसले नाफा नलिएका अनुसन्धानबाट पुष्टि भएका छ । समाचारमा भनिएजस्तो १ लाख ९० हजार अमेरिकी डलर काङले पार्कको खातामार्फत प्रयोग गरेको हो । पार्कले उक्त रकम खर्चका लागि प्रयोग गरेकी थिइनन्’, एजेन्सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एजेन्सीले पार्कको बचाउ गर्दै विज्ञप्ती जारी गरे पनि सर्वसाधारणले यो कुरा पत्याउन सकेका छैनन् ।कोरियाका सेलिब्रेटीमा गरिने सार्वजनिक छानविन एसिया र पश्चिमा मुलुकका सेलिब्रेटीको भन्दा उच्च हुन्छ । एक अन्तरवार्तामा पार्कले काङसँगको सम्बन्धले आफूलाई मानसिक र भावनात्मक रुपमा अशान्त बनाएको खुलासा गरेकी थिइन् । उनले फिल्म ‘म्यारी माई हजबेण्ड’को बारेमा अनिश्चित रहे पनि निर्माताले आफू प्रति गरेको विश्वासका कारण यो फिल्ममा अभिनय गरेको खुलाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?