काठमाडौँ –स्पेसएक्सको टिमले अन्तरिक्षमा रहेका आफ्ना स्टारलिङ्क स्याटलाइटमार्फत पहिलो पटक फोनहरूमा मेसेज पठाउन सफल भएको छ ।
डायरेक्ट–टू–डिभाइस स्टारलिंक भूउपग्रह प्रक्षेपणको एक हप्तामै उनीहरूले यो सफलता प्राप्त गरेका हुन ।
स्टारलिङ्क एलन मस्कको कम्पनी स्पेसएक्सको स्याटलाइट नेटवर्क हो, जुन पृथ्वीको तल्लो कक्षमा अवस्थित छ । यसबाट संसारभरका मानिसहरूलाई इन्टरनेट सेवा उपलब्ध गराउने मस्कको योजना छ ।
सन् २०२२ को अगस्टमा पहिलो गरिएको यो परियोजना सफल भए टी–मोबाइलका ग्राहकहरू स्थलीय नेटवर्क नभएको क्षेत्रमा हुँदा पनि अनलाइन रहन सक्ने छन् ।
टी–मोबाइलले सन् २०२४ मा टी–मोबाइलका साथ टेक्स्ट सर्भिसेसलाई सार्वजनिक रूपमा लन्च गर्ने र सन् २०२५ मा भ्वाइस, डाटा र आईओटी योजनाहरू विस्तार गर्ने लक्ष्य राखेको छ ।
तर स्याटलाइटसँग फोन कनेक्ट गर्ने कामलाई निकै चुनौतीपूर्ण मानिन्छ । डप्लर शिफ्ट (कुनै वस्तुको सापेक्षतामा तरङ्गको फ्रिक्वेन्सी वा वेभ लेन्थ परिवर्तन हुनु) र टाइम डिले (समय ढिलो चल्नु) जस्ता अन्य कारणले फोन र स्याटलाइट बीचको सञ्चारलाई प्रभाव पारिरहेका हुन्छन् ।
सोहीकारण स्याटलाइटहरूमा सिमलेस ह्यान्डअफ (अवरोध, ढिलाइ अथवा डेटामा हानी हुन नदिने ट्रान्जिसन) हुनु आवश्यक मानिन्छ ।
तर स्पेसएक्स यी सबै समस्या समाधान गर्ने प्रविधिहरू भूउपग्रहमा राखिएको दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया