मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन घडी बायाँ हातमै लगाइन्छ ?

मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ ।

आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ ।

बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण दायाँ हातले धेरै काम गर्ने गर्नु नै हो । त्यसैले दायाँ हात काममा व्यस्त हुने हुँदा बायाँ हातमा बाँधेको घडी हेर्न सजिलो हुने भएकाले बायाँ हातमा घडी बाँधिएको अनुमान गर्न सकिन्छ ।

दाहिने हातले धेरै काम गर्ने हुँदा हातमा बाँधिएको घडी फोहाेर हुने, कोरिने फुट्ने र काम गर्दा ठोक्किने सम्भावना पनि कम हुन्छ त्यसैले पनि बायाँ अर्थात् देब्रे हातमा नै घडी बाँध्ने गरिन्छ ।

कस्तो घडि लगाउनु हुँदैन ?
वास्तुशास्त्रमा घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ ।

अर्थात घडीकै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ । यदि बिग्रिएको घडी लगाउनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई बनाउनु पर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?