मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

होम प्रोडक्सनको फिल्ममार्फत छोरालाई डेब्यु गराउँदै विराज भट्ट

जोयनेपाल
416
Shares
तस्वीर– अनिल थापा

काठमाडौं– नेपाली तथा भोजपुरी फिल्ममा लोकप्रिय अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ मार्फत छोरालाई नेपाली फिल्ममा डेब्यु गराउने भएका छन् ।

उनले आफ्नो आगामी प्रोजेक्टमा छोरालाई डेब्यु गराउने भएका हुन् । लामो समयदेखि दर्शकमाझ नदेखिएका विराजले नयाँ प्रोजेक्टमा छोरालाई डेब्यु गराउन लागेको स्रोतले बतायो ।

परिवारका बारेमा खासै नखुलेका विराजले छोराका बारेमा भने कुनै जानकारी दिएका छैनन् । विराजले आफ्नो छोरालाई हाल भारतको मुम्बईमा अभिनय कक्षा र मार्सल आर्ट सिकाइरहेका छन् ।

छोरालाई फिल्ममा डेब्यु गराउने भनिए पनि अन्य जानकारी भने खुलाइएको छैन । यो फिल्मको निर्देशन विराज आफैले गर्नेछन् भने लगानी पनि उनकै रहनेछ ।

स्रोतका अनुसार फिल्मको छायांकन नेपाल र भारतका विभिन्न स्थानमा गरिनेछ । फिल्म एक्सनले भरिपूर्ण हुने बताइएको छ ।

यसअघि विराजले फिल्म ‘साङ्लो’ निर्माण गरेका थिए । उक्त फिल्मले औसत व्यापार गरेको थियो ।

यो पनि पढ्नुहोस‍्ः यी हुन् ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यु गर्न लागेका विराज भट्टका छोरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?