मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यु गर्न लागेका विराज भट्टका छोरा

काठमाडौं– अभिनेता विराज भट्टले निर्माण गर्ने फिल्म ‘१२ गाउँ’ मा विराजले आफ्ना जेठा छोरा समीर भट्टलाई डेब्यु गराउने भएका छन् ।

छोरालाई फिल्ममा डेब्यु गराउन लागेको समाचार बाहिरिएपछि विराजले सामाजिक सञ्जालमार्फत छोरा समीर भट्टको तस्वीर सार्वजनिक गर्दै यसबारेमा पुष्टि गरेका हुन् ।

२४ वर्षका विराजका छोरा हाल भारतको मुम्बईमा अभिनय र मार्सल आर्ट सिकिरहेका छन् ।

फिल्म ‘१२ गाउँ’ एक्सनप्रधान चलचित्र हुने बताइएको छ ।

यो फिल्ममा अरु कुन कलाकार रहनेछन् भन्ने खुलाइएको छैन । विराज आफैले पनि फिल्ममा अभिनय गर्ने कि नगर्नेबारे खुलाइएको छैन ।

विराज भट्ट नेपाली फिल्म क्षेत्रबाट केही समय हराए पनि उनका लाखौँ फ्यान छन् । साथै उनले भोजपुरी फिल्म उद्योगमा पनि ख्याती कमाएका छन् ।

यसअघि विराजले फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए । फिल्ममा उनको शीर्ष भूमिका थियो । उक्त फिल्ममा उनले निकिता चण्डकसँग रोमान्स गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?