मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामचरण र उपासना राम मन्दिर उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौं । अयोध्यामा भगवान श्रीरामको महोत्सवको तयारी धमाधम भईरहेको छ । यो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्र जगतका धेरै स्टारलाई निमन्त्रणा पत्र पठाइएको छ । अयोध्यामा २२ जनवरीमा हुने भगवान श्री रामको अभिषेक समारोहमा सहभागी हुन भारतीय सिनेमाका धेरै स्टारहरू निकै उत्सुक देखिएका छन् ।

यसैबीच दक्षिण भारतीय तेलुगु सुपरस्टार राम चरण जनवरी २२ मा अयोध्यामा हुने पवित्र राम मन्दिरको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । आरएसएस सदस्य सुनील अम्बेकरबाट कार्यक्रमको लागि राम चरण र उनकी पत्नी उपासना कामिनेनीसँगै कार्यक्रममा विशेष निमन्त्रणा दिइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र देश(विदेशबाट भीभीआईपी अतिथिहरू आउने छन्।सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिरको निर्माण सुरुआत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?