मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभासको नयाँ फिल्म ‘कल्की’ कहिले हुँदै छ रिलिज ?

काठमाडाैँ – हालै प्रदर्शनमा आएको  ‘सलार’ ले विश्वव्यापी रूपमा बक्स अफिसहरूबाट मात्रै सात सय करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

यो फिल्म अझै पनि सिनेमा घरहरूमा प्रदर्शन भइरहेको छ । यसैबिच प्रभासको अर्को नयाँ फिल्म ‘कल्की २८९८ एडी’ पनि रिलिज हुने तयारीमा रहेको भन्ने चर्चा भारतीय चलचित्र बजारमा चल्न थालेको छ ।  

भारतीय चलचित्र प्रेमीहरूले सामाजिक सञ्जालमा सेयर गरेको ‘कल्की २८९८ एडी’को एक पोस्टरमा फिल्मको रिलिजको मिति ९ मे २०२४ लेखिएको छ । 

यसका अतिरिक्त मकर सक्रान्तिको अवसर पारेर १५ जनवरी २०२४ मा ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक गरिने समेत बताइएको छ । 

फिल्म निर्माण टिमले भने आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन ।

प्राप्त जानकारीका अनुसार फिल्ममा प्रभास सहित दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन र दिशा पाटनीे मुख्य भूमिकामा रहेका छन् ।

‘कल्की २८९८ एडी’को निर्माण लागत करिब ६ सय करोड रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?