मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१८ अप्रिलमा आउँदै माइकल ज्याक्सनको बायोपिक फिल्म 

काठमाडौँ – पप सङ्गीतका राजाका रूपमा चर्चित माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ को प्रदर्शन मिति तय भएको छ। 

हलिउड स्टुडियो लायन्सगेटको यो फिल्म १८ अप्रिल सन् २०२५ बाट प्रदर्शनमा आउँदै छ । लायन्सगेटले यो फिल्मलाई उत्तर अमेरिका र युनिभर्सलले अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दै छन् ।

गायनसँगै आफ्ना सिग्नेचर डान्स स्टेपका कारण प्रसिद्ध ज्याक्सन बायोपिकमा एन्टोइन फुक्वाले निर्देशित फिल्ममा ‘स्काइफल’ लेखक जोज लोगानको कथा रहेको छ।

यो फिल्ममा उनको चाखलाग्दो कथा पछाडिको व्यक्तित्वलाई चित्रण गरिएको छ भने ज्याक्सनको भूमिकामा उनकै भतिजा जाफर ज्याक्सन देखिनेछन्।

धेरैको चासो रहेको यो फिल्मले बालबालिकाको दुर्व्यवहारमा पपस्टार मुछिएको विवादित घटनालाई चित्रण गर्छ कि गर्दैन भन्ने कुरा उल्लेख छैन । यद्यपि यो मुद्दामा जाक्सन निर्दोष पाइएका थिए । 

उनको सन् २००९ मा ५० वर्षको उमेरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?