मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राममन्दिरको भव्य समारोहमा सहभागी हुन बलिउड स्टार सञ्जय दत्त अयोध्या जाने

काठमाडौं – अयोध्यामा जनवरी २२ मा हुने रामललाको प्रतिमाको अभिषेक समारोहको प्रतिक्षामा देश र विश्वभरका रामभक्तहरू छन् । यतिबेला सबैको नजर अयोध्याको राम मन्दिरमा टिकेको छ । राममन्दिर ट्रष्टको तर्फबाट ‘प्राण–प्रतिष्ठा’ समारोहका लागि चलचित्रकर्मी लगायत सन्त, राजनीतिज्ञलाई निमन्त्रणा पठाइएको छ ।

यस कार्यक्रममा बलिउड स्टारलाई पनि निमन्त्रणा गरिएको छ । सञ्जय दत्त मुम्बईबाट केही कार्यक्रमका लागि बिहारको गया जिल्ला आएका थिए । यसैक्रममा सञ्चारकर्मीको प्रश्नमा बलिउड स्टार सञ्जय दत्तले खुशी व्यक्त गर्दै भने, यो निकै राम्रो कुरा हो । म त्यहाँ ९अयोध्या० अवश्य जान्छु।

राम मन्दिर ट्रस्टले अभिषेक समारोहमा फिल्म स्टारहरूमा रामानन्द सागरको रामायण टिभी सिरियलका अरुण गोविल ९जसले स्वयं श्री रामको भूमिका निभाएका थिए । दीपिका चिखलिया ९सीताको भूमिका निभाएकी थिइन ।, फिल्मका सुपरस्टार अमिताभ बच्चन, लगायत छन् । यस्तै रजनीकान्त, बाहुबलीका मुख्य अभिनेता प्रभास, रणबीर कपूर र आलिया भट्ट, अनुपम खेर, ज्याकी श्राफ, माधुरी दीक्षित, अजय देवगन, रणदीप हुड्डा, केजीएफ स्टार यश, धनुष लगायतका कलाकारको समावेश छ । कंगना रनौत र सनी देओललाई पनि निमन्त्रणा आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?