मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सागमा पनि  ‘ओपेनहाइमर’को दबदबा, पर्‍यो चार विधाको मनोनयनमा 

काठमाडौँ –  ‘गोल्डेन ग्लोब अवार्ड’मा सर्वाधिक पाँच विधामा अवार्ड जितेको ‘ओपेनहाइमर’ स्क्रिन एक्टर्स गिल्ड (साग) को चार विधामा मनोनयनमा परेको छ । 

सार्वजनिक मनोनयन अनुसार क्रिस्टोफर नोलान निर्देशित यो फिल्मका लागि सिलियन मर्फे ‘बेस्ट एक्टर’, रोबर्ट डोने जुनियर ‘बेस्ट सपोर्टिङ एक्टर’, इमिली ब्लन्ट ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘आउटस्टाण्डिङ परफर्मेन्स बाइ ए कास्ट’ विधामा मनोनीत भएका छन्।

अवार्डको ‘बेस्ट एक्टर’ विधामा ‘ओपेनहाइमर’का सिलियन मर्फेसँगै ‘मेस्ट्रो’बाट ब्राडली कुपर, ‘रस्टिन’बाट कोलमेन डोमिङ्गो, ‘द होल्डओभर्स’बाट पल जियामती र ‘अमेरिकन फिक्सन’बाट जेफ्ररी रिट मनोनयनमा छन् ।

‘बेस्ट एक्ट्रेस’तर्फ ‘न्याड’का लागि एनिटी बेनिङ, ‘किलर्स अफ द फ्लावर मुन’का लागि लिली ग्लाडस्टोन, ‘मेस्ट्रो’का लागि केरी मुलिगन, ‘बार्बी’का लागि मार्गोट रोबी र ‘पुअर थिङ्स’का लागि एमी स्टोन मनोनीत भएका छन् ।

 त्यस्तै अवार्डमा ‘अमेरिकन फिक्सन’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ समान तीन विधाको मनोनयनमा परेका छन्। 

अवार्डको टेलिभिजन विधामा ‘सक्सेन’, ‘बिफ’, ‘द क्राउन’, ‘टेड लासो’ र ‘द बियर’ मनोनयनमा परेका छन् भने यो अवार्डमा अभिनेता लियोनार्दो डिकाप्रियो ‘बेस्ट एक्टर’ विधामा परेका छैनन् ।

‘साग अवार्ड’ले यसै महिनाको अन्त्यमा हुने ‘ओस्कार अवार्ड’मा कुन कलाकार मनोनयनमा पर्न सक्छन् भन्ने कुराको संकेत गर्छ भने विजेता छनोट गर्न साग–अफ्ट्राका १ लाख १९ हजार अभिनेताहरूले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?