मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् जन्मदिनमा भुलेर पनि गर्न नहुने कामहरु

जन्मदिनलाई अरू दिनहरूको तुलनामा अलि विशेष दिनको रूपमा मान्ने र मनाउने प्रचलन निकै बढ्दो छ ।

बिहानै उठेर नुहाउने अनि चोखो र सफा कपडा लगाएर मन्दिरमा गएर पूजा गर्ने । र साथीभाइ,घरपरिवार भेला भएर केक काट्ने प्रचलन निकै बढ्दो छ । 

अहिले पछिल्लो समय त जन्मदिनको दिन मानिसहरू समाजसेवाको काममा पनि लाग्ने गरेका छन् जुन निकै राम्रो पनि हो । तर यस दिनमा हामीले जानी, नजानी यस्ता कार्यहरू गरी रहेका हुन्छौ जुन जन्मदिनको दिन गर्नुहुँदैन भनेर शास्त्रमै लेखिएको छ । 

जन्मदिनमा गर्न नहुने कामहरुः

–जन्मदिनमा कपाल वा नङ काट्नु निकै अशुभ मानिन्छ । यस दिनमा नङ र कपाल काट्दा आयुमा नकारात्मक असर पर्ने धार्मिक मान्यता समेत रहेको छ । 

–जन्मदिनको दिन कुनै पनि जीव तथा प्राणीको हत्या गर्नु अशुभ मानिन्छ । यदि हत्या हिंसा गरेमा श्राप लाग्ने कथन छ । 
–जन्मदिनको दिन दान धर्ममा समय लगाउनुहोस् । भिख माग्न आउने जोगी वा भिखारीलाई खाली हात पठाउनु हुँदैन । 

–यो दिनमा अन्य कसैसङ वाद विवाद वा झगडा गर्दा बर्ष भरी नै यस्तै झन्झट   परिने विश्वास छ ।

–जन्मदिनको दिन तातो पानीले नुहाउनु अशुभ मानिन्छ ।

– यस शुभ दिनमा बाबु आमाको अपमान गर्नु सबैभन्दा खराब मानिन्छ । यस कारण यो दिन बाबुआमासँग आशीर्वाद लिनुस् तर अपमान भुलेर पनि नगर्नुस् ।

–यस दिन सकेसम्म पूजापाठ गरेर शाकाहारी भोजन खानु राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?