मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका अविवाहित अभिनेता सलमान विवाहको तयारीमा जुटे

काठमाडौं – बलिउडका अविवाहित अभिनेता सलमान खान विवाहको तयारीमा जुटेका छन्। हरेक प्रेसमिटमा बिहे कहिले हो भन्ने पत्रकारको प्रश्नलाई अब बन्द गरिदिने तरखरमा उनी लागेका छन्।

५८ वर्षका सलमानले कहिले र कोसँग बिहे गर्छन् ? भन्ने कुराको चासो फिल्मीनगरीमा हुन थालेको छ। अझ बढि यो प्रश्नको जवाफ सुन्नका लागि सलमानका सारा फ्यानहरु आतुर देखिएका छन्।

केही दिनअघि मात्रै सलमान खानका भाइ अरबाज खानले ५६ वर्षको उमेरमा दोस्रो बिहे गरे । बलिउडका मोस्ट एलिजेबल ब्याचलर सलमान खानले कहिले बिहे गर्छन् भन्ने कुरा सधैँ चर्चाको विषय हुने गरेको छ । सलमानले कहिले र कोसँग बिहे गर्छन् ? यो प्रश्नको जवाफ त उनका सारा फ्यानहरु जान्न चाहन्छन् । यति बेला सलमान उनले होस्ट गर्दै आएको रियालिटी शो बिग बोस १७ का कारण चर्चामा छन् ।

बिग बोसको वीकेन्डका वारको एपिसोड अहिले व्यापक रुपमा भाइरल भइरहेको छ । यसमा सलमानले आफ्ना बिहेबारे रमाइलो अपडेट दिएका थिए । यो एपिसोडमा बलिउड अभिनेत्री तब्बु आएकी थिइन् । एक अर्कासँग मस्ती मजाक गर्दै दुवै स्टारले आ–आफ्नो बिहेबारे चर्चा गरेका थिए ।

भिडियोमा तब्बु भन्छिन्, ‘म र सलमान बिहे गरिरहेका छैनौं, अनि आफ्नो भागको बिहेको फेरा पनि अरुलाई गराइरहेका छौँ ।’ बिग बोसमा प्रवेशको बेलामा सलमानले कन्टेस्टेन्टहरु अंकिता लोखन्डे र उनको पति विक्कीको बिहे गराएका थिए ।

शोमा तब्बुले तिमीहरुले बिहे गरेर निस्की सक्यौँ अब हामी बाँकी छौँ भनेकी थिइन् । यही बेला सलमानले जिस्किँदै हामी बिहे अवश्य गर्छौ भन्छन् । ‘हामी ह्विल चेयरमा बसेर बिहे गर्नेछौँ अनि आगोमा जानेछौँ,’ अभिनेताले भने । सलमानको यो कुरा सुनेर सबै जना गलल्ल हाँसेका थिए ।

सलमान हालै टाइगर ३ मा देखिएका थिए । सलमानको भाइ अरबाजले हालै मात्र शूरा खानसँग दोस्रो बिहे गरेका थिए । सलमानले कोसँग र कहिले बिहे गर्छन् भन्ने चाँहि अहिलेसम्म पनि सस्पेन्स नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?