मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सनी देओल र सलमान २७ वर्षपछि एउटै पर्दामा देखिने

काठमाडौं । सनी देओलले गत बर्ष बलिउडमा शानदार कमब्याक गरे । गदर–२ को लोभलाग्दो सफलतापछि देओलको वर्चस्व कायमै छ । अहिले सनी देओल सफर फिल्मको सुटिङमा व्यस्त छन् भने बलिउडका अर्का एक महान अभिनेता यो फिल्ममा जोडिने भएका छन् । उनी अरु कोहि होइन नभएर बलिउडका भाईजान सलमान खान हुन् ।

सनी देओलको फिल्ममा सलमान खानले केमियो गर्ने भएका छन् । यसअघि दुवैले २७ वर्षअघि फिल्म जितमा सँगै काम गरेका थिए । मिड–डेको रिपोर्ट अनुसार, एक स्रोतले भन्यो, “टाइगर-३ स्टारले पाजीसँग यो हप्ताको अन्त्यमा सुटिङ गर्नेछ ।

सन्नीको अर्को ’सफर’ मा सलमानको क्यामियो छ, जसको लागि दुबै कलाकारले यस शुक्रबार र शनिबार बान्द्राको मेहबूब स्टुडियोमा सँगै छायाँकन गर्ने अपेक्षा गरिएको छ। विशाल रानाको प्रोडक्शन भेन्चरमा सलमान आफैंले भूमिका निर्वाह गर्नेछन् ।सन् २०२४ मा सन्नी देओलको ‘सफर’ रिलिज गर्ने योजना छ ।

यसैबीच सनी देओलसँग आमिर खान प्रोडक्सनको अर्को प्रोजेक्ट ‘लाहोर १९४७’ छ, जसलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन्। जसले यसअघि सन्नी देओलको सुपरहिट फिल्म ‘घटक’ निर्देशन गरेका थिए ।

सलमान खानको कुरा गर्ने हो भने अभिनेतासँग ‘द बुल’ नामको फिल्म छ । जसलाई चलचित्र ‘शेरशाह’का निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् । उनको यो फिल्म करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने छ । सलमानको सुरज बडजात्यासँग पनि एउटा प्रोजेक्ट छ । यसबाहेक भाइजान शाहरुख खानसँग ‘टाइगर भर्सेस पठान’ मा पनि अभिनय गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?