मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिर खानले बलिउडलाई सिकाएको तीन महत्त्वपूर्ण कुरा

मुम्बई – आमिर खान कति चलेका अभिनेता हुन् भन्ने त सबैलाई थाहै छ । आफ्नो भूमिकामा पूरै तरिकाले डुबेर अभिनय गर्ने अभिनेताका रुपमा उनलाई लिने गरिन्छ । भारतीय मिडियाका अनुसार उनै आमिर खानले बलिउडलाई तीन खास कुरा सिकाएका छन् ।

एक समयमा एउटा मात्र फिल्म
आमिर जब बलिउडमा कदम राखेका थिए, त्यतिबेला एकैपटक कैयन् फिल्म गर्ने चलन थियो बलिउडमा । फिल्म स्टार्सले एक सेटबाट अर्को सेटमा दौडधुप गरेर पुग्ने गर्थे । दिनमा दुईदेखि तीन फिल्ममा काम गर्थे ।

आमिरले पनि त्यसरी नै काम गरेका थिए । तर जब उनी स्थापित भए, त्यसपछि उनले एउटा महत्त्वपूर्ण फैसला गरे । सन् १९९८ मा जब उनी ‘गुलाम’ मा अभिनय गरिरहेका थिए, त्यतिबेलै उनले निर्णय गरे कि, अब उनी एक समयमा एउटा मात्र फिल्म खेल्ने ।

पहिले उनले आफूले साइन गरिसकेका फिल्ममा काम गरे । त्यसपछि उनले यही नीतिलाई फलो गर्न थाले । त्यतिबेला कतिले त उनलाई अब आमिरको करिअर नै खत्तम भयो समेत भन्न भ्याएका थिए । केही फिल्म खेल्दा ती फिल्म असफल भए भने कसैले सोध्ने छैनन् भन्ने पनि थिए ।

आमिरले सन् २००० देखि भने एकपटकमा एउटा मात्र फिल्म खेल्ने अठोटलाई लागू गरे ।

भूमिकाका लागि मेहनत
भारतमा एक समय फिल्म गर्नका लागि सुखद परिणाम यो रह्यो कि, आमिर आफ्नो भूमिकाअनुरुप आफूलाई ढाल्न थाले । पहिले धेरै सेलिब्रेटी सबै फिल्ममा एउटै पात्र बनेका हुन्थे । तर, आमिरले आफ्नो भूमिका अनुसार शारीरिक र मानसिक रुपमा आफूलाई परिमार्जित गरे ।

उनले यो अभियान फिल्म ‘गजनी’ बाट शुरु गरे । उनले यही फिल्मका लागि भनेर सिक्स प्याक ज्यान बनाए । कपाल काटे ।

पहिले त बलिउडमा कुनै स्टार्सले पनि यस बारेमा सोचेका थिएनन् । उनले फिल्म ‘थ्री इडियट्स’ का लागि वजन घटाए । त्यस्तै ‘दंगल’ का लागि आफ्नो एक सय किलो तौल बनाए ।

उनको यस समर्पण र फिल्मको भूमिकालाई दर्शकले पनि स्वीकारे ।

प्रचारमा नयाँपन
पहिले फिल्मका प्रचार प्रसार एउटै ढर्रामा हुने गथ्र्यो । फिल्मको ट्रेलर जारी हुन्थ्यो । सबाल जवाफ हुन्थ्यो । फिल्म रिलिज हुनुभन्दा पहिले विभिन्न स्थानमा पोस्टर टाँसिन्थ्यो । तर आमिरले ‘गजनी’ का माध्यमबाट फिल्मको प्रचारमा नयाँ शैली अपनाए ।

गजनी फिल्मका बेला उनको जस्तो लूक सिनेमाघरका कर्मचारीसम्मले अपनाए । त्यसपछि उनको फिल्मको आफै प्रचार भयो ।

त्यस्तै उनले फिल्म ‘थ्री इडियटस्’ का लागि भेष बदलेर विभिन्न शहरमा घुमे । त्यस्तै ‘पीके’ को पोस्टरमा उनी रेडियोले मात्र ज्यान छोपिएर देखिए । त्यसपछि एकै पोस्टरले नै यति प्रचार दिलायो कि, दर्शकलाई फिल्मको मिति कुर्न कौतुहल जाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?