मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छन् बलिउड स्टार सलमान खान शर्टलेश?, कारण यस्तो

मुम्बई – बलिउडका सुल्तान र सुपरस्टार सलमान खान प्रायः सबै फिल्ममा शर्टलेस हुन्छन् । उनी आफ्ना हरेक फिल्ममा कुनै न कुनै माध्यमबाट आफूले लगाएको शर्ट उतारेर सिक्स प्याक देखाउने गर्छन् ।

उनका फ्यानले पनि सलमान खानलाई शर्टलेस हेर्नका लागि दिवाना हुन्छन् । यसका पछाडि के कारण छ त?

सलमान खानले यस कुराको खुलासा एक अन्तर्वार्तामा दिएका छन् । आजभोलि उनी आफ्नो फिल्म ‘रेस ३’ मा व्यस्त छन् । उनले ट्वीटरमा आफ्नो फिल्मको मोसन पोस्टर पनि शेयर गरेका थिए ।

उनले आफू शर्टलेस हुने कारण खुलाउँदै भनेका छन्, ‘यदि राम्रो बोडी छ भने किन नदेखाउने?’

उनले आफ्नो सिस प्याक बोडी भएकाले देखाउँदा कुनै फरक नपर्ने कारणले गर्दा देखाउने गरेको बताएका छन् । अझै उनले के पनि भनेका छन् भने कहिलेकाहीं त उनी शर्टलेस भएर बाटोतिर पनि निस्किन्छन् रे ! उनले भन्छन्, ‘यदि यसले कसैलाई फरक पार्छ भने उनीहरु त्यहाँबाट जान सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?