मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहे गर्दैछन् अभिनेत्री रश्मिका र अभिनेता विजय देवरकोन्डा

काठमाडौं । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेलामा एकअर्काको नजिक आएका थिए ।

यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन ।
लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ । रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ ।

केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो । दुबैको परिवारले यो सम्बन्धलाई मञ्जुरी दिएका छन् । सूत्रका अनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।

विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् ।

विजयको आगामी फिल्म फ्यामिली स्टारको रिलिज डेटमा ढिलाइ भइरहेको छ । यो फिल्ममा विजयसँग मृणाल ठाकुर पनि छिन् । फिल्म १८ फेब्रुअरीमा रिलिज हुन सक्ने बताइएको छ । रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् । यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?