मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘इन्डियन आइडल’मा मेनुकाको फितलो प्रस्तुति, लिरिक्स भुल्ने अवस्था किन आयो ?

काठमाडौँ – इन्डियन आइडलका हरेक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी मेनुका पौडेल आउट हुनबाट थोरैले बचेकी छन् । हिजो प्रसारित एपिसोडमा उनको प्रस्तुति खल्लो बनेको थियो भने त्यसको कारण गीतको शब्द नै बिर्सिनु थियो । 

‘तेरा साया साथ होगा’ बोलको गीत गाएकी उनी त्यसपछि ‘नर्भस’ भइन । यही कारण गाउन नसक्ने बताएकी मेनुका पुन ‘फर्म’मा फर्किन सकिनन् । 

उनलाई प्रस्तुतिमा सहजताका लागि जजहरूले समेत साथ दिएका थिए । तर त्यसले पनि काम गरेन भने जसोतसो उनले गीत सकाएका थिइन ।

उनको यही फितलो प्रस्तुतिका कारण उनी बटम ४ मा परिन । बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?