मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन परिवारसँग टाढिइरहेका छन् अहिलेका पुस्ता?

जोयनेपाल
468
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौं– बाबुआमालाई आफ्ना सन्तानको औधी माया लाग्छ । उनीहरुलाई आफ्ना सन्तान परिवारसँग नजिकिए हुन्थ्यो भन्ने लाग्छ ।

अहिलेको पुस्ता भने परिवारसँग मात्र नभएर समाजसँग नै टाढिँदै गएको पाइन्छ ।

परिवारले आफ्नो सन्तानको खुशीका लागि जति गरे पनि युवापुस्ता भने त्यसलाई समयमा बुझ्न नसकेको पाइन्छ । परिवारले

आफ्नो सन्तान सधै बाबुआमासँग निकट होस् भन्ने चाहन्छन् ।

केही दशकअघिसम्म अवस्था अर्कै थियो । युवापुस्ता पनि बाबुआमाले भनेको मान्ने र उनीहरुसँग नजिक हुने गर्थे । अहिले भने अवस्था फरक छ ।

आज हामीले समाजमा किन दुई पुस्ताबीच भिन्नता देखिँदै गएको छ भन्ने विषयमा कुरा गर्दैछौँ ।

व्यस्त जीवनशैली

पछिल्लो पुस्ता निकै व्यस्त हुँदै गएको छ । बाबुआमाले आफ्ना बालबालिकालाई समय दिन नसक्दा युवापुस्तामा आइपुग्दा उनीहरु मानसिक रुपमा फरक सोचका भइसकेका हुन्छन् । अधिकांश बालबालिकालाई होस्टलमा राख्ने गरिन्छ । यसले उनीहरुलाई बाबुआमासँग टाढा बनाइरहेको हुन्छ ।

बालबालिकाहरु पारिवारिक स्नेहबाट वञ्चित हुँदा पछि युवापुस्तामा पनि त्यो समस्या देखिन्छ । उनीहरु परिवारमा भन्दा बढी साथीभाइसँग नजिक हुन्छन् । अर्कातिर अहिले केटाकेटीदेखि वृद्धासम्म मोबाइल हुन्छ ।

मोबाइल टिभी या इन्टरनेट प्रयोग गर्दा परिवारका सदस्यबीच पनि कुराकानी भएको पाइँदैन । यसले पनि थप समस्या सिर्जना गरिरहेको हुन्छ ।

अझ भनौँ, परिवारबीच दूरी बढाइरहेको हुन्छ ।

बालबालिकालाई दिने समयको अभाव

यदि आफ्ना सन्तान परिवारसँग पनि समय बिताऊन् भन्ने चाहनुहुन्छ भने परिवारका सदस्यले पनि उनीहरुका लागि समय छुट्याउनुपर्छ । परिवारले जति धेरै समय बालबालिकालाई दिन्छन्, उनीहरु पनि त्यति नै नजिक हुन्छन् ।

अहिलेको अधिकांश पुस्ता हजुरआमा तथा हजुरबुबासँग हुर्किएका हुन्छन् । किनकि बाबुआमालाई काम गर्नुपर्ने बाध्यता हुन्छ । त्यसले गर्दा छोराछोरीलाई समय दिन पाउँदैनन् । यसको असर भने पछि परिवारमा नै पर्छ ।

छोराछोरीका अगाडि कठोर नबन्नुस्

बालबालिकाले मायालु स्वभाव रुचाउँछन् । यसकारण उनीहरुसँग सौहार्दपूर्ण वातावरण देखाउनुपर्छ । उनीहरुलाई हप्काउने, कराउने गर्दा बालबालिकामा यसको ठूलो समस्या पर्छ । बालबालिकालाई कठोर व्यवहार देखाउनुभयो भने आमाबाबुसँग कुरा गर्न उनीहरु चाहँदैनन् ।

उनीहरुले आफूलाई लागेको कुरा भन्न असहज मान्न थाल्छन् । त्यसपछि बालबालिका र आमाबाबुबीचको दूरी बढ्न थाल्छ ।

सन्तानको रुचि र क्षमताको ख्याल गर्नुपर्छ

हरेक बालबालिका फरक क्षमता, फरक रुचि र फरक इच्छाशक्तिका हुन्छन् । यसकारण बालबालिकाको इच्छा बुझेर बाबुआमाले पनि उनीहरुलाई हौसला दिने काम गर्नुपर्छ ।

बाबुआमाले आफू अनूकुलको बनाउन खोज्दा कतिपय बालबालिका झनै परिवारसँग टाढिने गरेको पनि पाइन्छ ।

बालबालिकालाई जन्मिनासाथ यस्तो बनाउँछु भन्नुभन्दा पनि उनीहरुको रुचि पनि बुझेर त्यही अनुसार अगाडि बढ्नुपर्छ ।

बालबालिकाको चाहनालाई बुझेर त्यही अनुसार व्यवहार गर्न सकियो भने परिवारबीच राम्रो सम्बन्धको विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?