मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिर्जापुर ३’ : कथा बाहिरियो,बदलाको बाटोमा ‘माधुरी भाभी’

चर्चित वेब सिरिज मिर्जापुरको केही कथा बाहिरिएको छ । दुई सिजनमा चर्चाको केन्द्रमा रहेको यो वेब सिरिजको तेस्रो सिजन निर्माण भइरहेको छ ।

यही बिचमा सिजन २ मा मुन्ना भैया की श्रीमतीको माधुरी यादव बनेकी ईशा तलवारको भूमिका बाहिरिएको हो । कथा अनुसार ईशा यो पटक ससुरा कालिन भैयाको सत्ता हातमा लिने छिन् भने आफ्नो परिवारको हत्याको बदला लिनेछिन् ।

सिरिजसंग जोडिएको श्रोतका अनुसार माधुरी बनेकी ईशाले मिर्जापुर ३ मा गुड्डु पण्डित र गालू गुप्तासंग आफ्नो पतिको हत्याको बदला लिएको देखिने छ । अर्थात् यो सिजनामा मुन्नाकी विधवाको भूमिकामा देखिने ईशाको एक मात्र उद्देश्य पतिका हत्याराको हत्या नै हुने छ ।

यो भूमिका ‘राजनीति’मा कैटरिना कैफको भूमिकासँग मिल्दोजुल्दो छ । अहिले मिर्जापुर ३ को सुटिङ सकिएको छ भने छिट्टै प्रदर्शन मिति घोषणा गर्ने निर्माण टिमको तयारी छ । 

‘मिर्जापुर’ अखंडानन्द त्रिपाठी अर्थात् माफिया कालिन भैयाको कथा हो । जसको भूमिका पंकज त्रिपाठीले निभाएका छन् । यसको सिजन २ मा ग्याङस्टार गुड्डुले उनका छोरा मुन्नालाई मारेको थियो ।

अव यो सिजनमा त्यसभन्दा अघिको कथा छ । 

यो सिरिजको पहिलो स्ट्रिम २०१८ मा भएको थियो । पंकज त्रिपाठी,अली फजल,दिब्येन्दु,रसिका दुग्गल, विक्रान्त मैसी जस्ता कलाकारको अभिनय रहेको यो सिरिज पहिलो सिजनबाटै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?