मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लगातार बढ्दै चिसो ? कसरी सुरक्षित हुने ?

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ ।

यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर
–शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
–चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

–न्यानो कपडा लगाउने
–आगो ताप्ने ।
–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।
–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।
–धेरै नुनिलो नखाने
–पौष्टिक खानेकुरामा जोड दिने ।
–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?