मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फुटेको ऐना किन हेर्नु हुँदैन? यस्तो छ कारण

जोयनेपाल
1.5k
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौं– फुटेको ऐना विशेष गरी घरमा राख्नु हुँदैन भन्ने प्रचलन रहेको छ ।

हामीले पनि फुटेको ऐना हेर्दा बुढापाकाले फुटेका ऐना हेर्नु हुँदैन भन्ने गरेको सुनेका छौँ । फुटेको ऐना हेर्दा भाग्य पनि त्यसैगरी फुट्छ भन्ने मान्यता रहेको छ ।

फुटेको ऐना हेर्दा वा घरमा राख्दा भाग्य फुट्ने, दुःख, कष्ट, पिर थपिने र जीवनमा बाधाहरू आउने शास्त्रीय मान्यता रहेको छ ।

यस्तै, घरमा फुटेको ऐना राखेमा गरिबी निम्तनुका साथै अनिकाल सुरु हुने शास्त्रीय विश्वास छ ।

ऐना सम्बन्धित तथ्य

वास्तुशास्त्र अनुसार ऐना सदैव घरको उत्तर या पूर्व दिशामा राख्नु पर्दछ । यसो गर्दा घरमा सुख–शान्ति छाउनुका साथै आर्थिक अवस्थामा सुधार हुने मान्यता छ ।

आफू नियमित सुत्ने ओछ्‌यान नजिक ऐना राख्नुलाई शुभ मानिँदैन किनकि यसले पति पत्नीको सम्बन्धमा नकारात्मक असर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?