मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ

काठमाडौं – प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो ।

यस्तै अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँ समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । दुवै ठाउँबाट पक्राउ परेकालाई शुक्रबार सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?