मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

औषधीय गुण चाकुका यस्ता छन् फाइदा

काठमाडौं – माघे संक्रान्तिमा पर्व नजिकिँदै छ । विशेष गरी नेवार समुदायमा माघे संक्रान्तिमा पर्वमा चाकु खाने प्रचलन बढी छ । माघे संक्रान्तिमा खाइने प्रमुख मध्येको परिकार हो चाकु । नेवार समुदायमा घ्यू, चाकु र तीलको लड्डु खाने दिन। अहिले यो चलन नेपालीको साझा बन्दै गएको छ।

विशेष गरी काठमाडौं उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढंगले चाकु बनाउने गरेका छन् । काठमाडौंको असन, इन्द्रचोक, भक्तपुरका विभिन्न स्थान र ललितपुरको पाटनलगायत क्षेत्रका स्थानीयवासीले चाकु बनाउँदै आएका छन् ।

सादा चाकु सख्खरबाट बनाइन्छ । यसमा नरिवल, काजुलगायत पनि बाहिरबाट टाँस्ने गरिन्छ । जसले गर्दा चाकुलाई थप स्वादिलो बनाउँछ । मसलादार चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ ।

चाकुमा चिसो मौसमले मानव शरीरमा पार्ने असरलाई रोकथाम गर्ने औषधीय गुण रहेकाले माघे संक्रान्तिमा चाकु खानु सांस्कृतिक महत्त्वका साथै औषधि विज्ञानअनुसार पनि फाइदाजनक मानिन्छ । सुत्केरी महिला र शरीर कमजोर भएका बेला चाकु खाएमा शरीरमा तागत दिन पनि खाने गरिन्छ चाकु ।

चाकुका यस्ता छन् फाइदा

सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।

चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ ।

चाकु खाँदा शरीरको रोगसँग लड्नसक्ने क्षमता विकास गर्न मद्दत पु¥याउँछ ।

बालबालिकालाई चिनीको सट्टामा चाकु वा सक्खर दिन सके धेरै राम्रो हुन्छ । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउन सके उनीहरुलाई चिसोबाट जोगाउन सकिन्छ ।

ड्ड चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत मिल्छ ।

दैनिक रुपमा चाकुको सेवन गर्नाले शरीरमा उर्जा र शक्ति प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?